काठमाडौं । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यु–१९ क्रिकेट टिम भारतसंग पराजित भएको छ । बंगलादेशमा शनिबार सुरु समुह चरणको पहिलो खेलमा नेपालसंग १ सय ७१ रनले पराजित भएको हो ।
३ सय ५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३६ दशमलव ४ ओभरमा १ सय ३३ रनमा समेटियो । मोहमद आरिफ शेखले बनाएको २५ रन टोलीको सर्वाधिक स्कोर रह्यो । रोहित कुमार पौडेलले २४ रन बनाएको इनिङ्समा सन्दिप जोराले २० र रविन्द्र जंगले १६ रन बनाएका थिए ।
रवि साह ११, भिम सार्की ६, पवन सरार्फ ७ र कमलकुमार ऐरी ८, रशिद खान ६ र सुर्य तामाङ शुन्य रनमा आउट भए ।
भारतका शिद्धार्थ देसाई र हर्ष त्यागीले समान ३\३ विकेट लिए ।
यसअघि, क्रिरा शिख मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३०४ रन बनायो । भारतकालागि जैसवालले शतकीय इनिङस खेले । जैसवालले १०४ रन बनाए । यस्तै सिमरन सिंहले ८२ रन जोडे । नेपालका भिम सार्कीले ४ विकेट लिए । यस्तै राशिद खानले २ विकेट झारे ।
यू-१९ एसिया कपको दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले अक्टोबर १ मा अफगानिस्तानसंग र अक्टोबर २ मा युएईसंग खेल्ने छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।