एजेन्सी - अर्जेन्टिनाले अक्टोवरमा हुने ब्राजिल र इराकसंगको मैत्रीपूर्ण खेलहरुका लागि टिम सार्वजनिक गरेको छ। लियोनल मेस्सी, एन्जल डि मारिया र गोन्जालो हिगुएन र अगुएरोलाई टिममा समावेश गरिएको छैन भने पछिलो मैत्रीपूर्ण खेलहरु गुमाएका रक्षक निकोलस ओटामेंडी टिममा फर्किएका छन्।
म्यान्चेस्टर सिटीका सेन्टर ब्याक निकोलस ओटमेन्डी साउदि अरेयिबामा हुने मैत्रिपुर्ण खेलमा खेल्ने भएका छन् । तर, लियोनल मेस्सी भने उक्त खेलमा सहभागि नहुने भएका छन् । रुस बिश्वकपको बिजेता फ्रान्ससंग अन्तिम १६ मा हार ब्यहोर्दै अर्जेन्टिना बिश्वकपवाट बाहिरिएको थियो । त्यस लगत्तै कप्तान मेस्सीले कुनैपनि अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाएका छैनन् । मेस्सीले ग्वाटेमाला र कोलम्वियासंगको खेलमा पनि मेस्सी सहभागि भएका थिएनन् ।
मेस्सीले ब्राजिलसंगको मैत्रिपुर्ण खेल पनि गुमाउने अर्जेन्टिनामा अन्तरिम प्रशिक्षक लियोनल स्कोनिले बताए । उनले भने, मैले मेस्सिसंग कुरा गरिसकेको छु, हामीले सहमति गरेका छौ कि मेस्सि राष्ट्रिय टोलिमा फर्किने यो उचित समय होइन् । मेस्सी लगाएत अन्य ३ उत्कृष्ट खेलाडी पनि टिममा परेका छैनन् । जसमा म्यान्चेस्टर सिटीका स्टाइकर सर्जियो अग्यूरो, पिएसजिका स्टाइकर एन्जल डि मारिया र एसि मिलनका गोन्जालो हिगुएन पनि टोलिमा समावेश भएका छैनन् ।
अर्जेन्टिनाको टोलि
गोलरक्षक- सर्जियो रोमेरो, फ्रन्सो अर्मानि, गेरोनिमो रउली
डिफेन्डर- निकालोस ओटामेन्डि, रेन्जो सराभिया, जुआन फोन्थ, फाब्रिकिओ वुस्टोन, गेर्मन पेजेल्ला, एलान फ्रान्को, फुनेस मोरी, वाल्टेर केत्रेमन, निकालोस टाग्लिाफिको
मिडफिल्ड - एडुराडो सिल्भियो, मार्कोस अकुना, रोड्रिगो डे पउल, रोबर्टो पेरेया, सान्तियागो अस्काकिबार, लेयान्द्रो परेडेस्, रोड्रिगो बट्टाग्लीया, म्याक्सिमिलियानो मेजा, जियोभानी ले सिल्सो, फ्रास्को केर्भी, फ्रान्को भाज्कुइज, एक्सेक्युइज पालासियोस्
स्ट्राइकर - गोन्जालो मार्टिनेज, क्रिष्टियन पाभोन, लौटारो मार्टिनेज, पाउलो ड्यबला, माउरो इकार्डि, जियोभानी सिमोन, एन्जेल कोरिया ।