काठमाडौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाललाई भारतले फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
क्रिरा शिख मैदानमा भारतले नेपाललाई जितका लागि ३०५ रनको लक्ष्य दिएको छ । भारतले दिएको उच्च लक्ष्यसहित नेपालले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३०४ रन बनायो ।
भारतका लागि जैसवालले शतकीय इनिङस खेले । जैसवालले १०४ रन बनाए । यस्तै सिमरन सिंहले ८२ रन जोडे । नेपालका भिम सार्कीले ४ विकेट लिए । यस्तै राशिद खानले २ विकेट झारे ।
यू-१९ एसिया कपको दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले भारतपछि अक्टोबर १ मा अफगानिस्तानसंग र अक्टोबर २ मा युएईसंग खेल्ने छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।