एजेन्सी । लिभरपुलको खेल अगाडी चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले धेरै शब्द इडेन हाजार्डको बयानमा खर्चे । ‘उनी निकै प्रतिभाशाली छन् । मलाई लाग्छ उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन् । तर उनीले अझै आफुलाई सुधार गर्न बाँकी छ ।’
उनले थपे, ‘हामीले उनको ७० - ८० प्रतिशतमात्र क्षमता देखेका छौ । उनी प्रतिभावान छन् । प्राविधिक रुपमा उनी उत्कृष्ट छन् । म उनी सर्वश्रेष्ठनै भएको देख्न चाहन्छु’ ।
चेल्सी प्रशिक्षक सर्री आफ्ना सिर्जनशिल स्ट्राईकरको खुलेर तारिफ गर्छन । स्टार खेलाडीमा चाहिने रहेक गुण हाजार्डमा भएको देख्छन् ।
नहुन पनि किन, सार्रीलाई उनै हजार्डको प्रर्दशनमा लण्डन क्लबलाई प्रिमियर लिगमा मात्र नभएर युरोपमा सफल बनाउनुपर्ने दायित्व छ ।
चेल्सी पुन एक पटक प्रिमियर लिगको ठुलो खेलमा लिभरपुलसंग खेल्दैछ।
पछिल्लो एक हप्तामा दुवै क्लबको दोस्रो पटक भिड्न लागेका हुन् ।
गत बिहिबार काराबाओ कपमा दुवै टोली भिडेका थिए । जसमा लण्डन क्लब २–१ ले बिजयी बन्यो । सो खेलको केन्द्रमा उनै हजार्ड गरेका थिए । उनैले त हो त्यो खेलमा लिभरपुललाई निराश पारेको ।
एनफिल्डमा प्रिमियर लिगमा उत्रदै गर्दा चेल्सीसंग लिभरपुल सर्तक रहनेछ ।
‘खेल अगाडी हामी स्पष्ट छौ । चेल्सी बच्चाको जन्मदिनमा जसरी प्रस्तुत हुने छैन ।’ लिभरपुल प्रशिक्षक योर्गेन क्लोप भन्छन् ।
‘खेल दुवैपक्षबाट निकै प्रतिस्पर्धात्मक हुनेछ । यो ठुलो खेल हो ।’ क्लोप थप्छन् ।
शीर्ष स्थानको लिभरपुलको ६ खेलबाट १८ अंक छ । चेल्सी १६ अंक सहित तेस्रोमा छ ।
आजै राति हुने अन्य खेलमा भिड्नेछन्, वेष्ट हम र म्याचेस्टर युनाईटेड । त्यस्तै आर्सनल र वाटफोर्ड, एभर्टन र फुलहम, टोटेनहम र हडर्सफिल्ड, म्यान्चेष्टर सिटी र ब्रिङ्टोन, न्युक्यासल र लेस्टर, उल्भ्स र साउथह्याम्टन ।