काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको अक्सन भोली आईतबार हुने भएको छ । दर्ता भएका १ सय ७९ खेलाडीलाई सहभागि टिमले अक्सनका आधारमा छनोट गर्नेछन् ।
खेलाडी लिलामीको प्रक्रिया बिहान साढे ९ बजे सुरु हुनेछ ।
आयोजकले बताए अनुसार क्याप्ड सिनियर ३० जना, एज क्याप्ड खेलाडी ५७ र अनक्याप्ड खेलाडी ९२ जना खेलाडी अक्सनकालागि दर्ता भएका छन् ।
क्याप्ड सिनियरमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी रहेका छन् । यस श्रेणीका खेलाडीको न्युनतम मुल्य ५० हजार देखि २ लाख ५० हजारसम्म रहनेछ ।
यस्तै, क्याप्ड एज लेभेलमा नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता खेलिसकेका खेलाडी रहनेछन् । यस श्रेणीका खेलाडीको न्युनतम मूल्य ५० हजार देखि १ लाख ५० हजारसम्म रहनेछ ।
त्यस्तै अनक्याप्ड खेलाडी न्युनतम मूल्य ३० हजार देखि १ लाख सम्म रहेको छ ।
प्रत्येक टिममा अक्सनमा १० खेलाडी अनिवार्य रुपमा किन्न पर्नेछ । ६ टोली सहभागि प्रतियोगितामा प्रत्येक टोलीमा १५ देखि १८ खेलाडी रहनेछन् ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुदैछ ।
सहभागी टिम र मार्की खेलाडी :
विराटनगर टाईटन्स :
टिम मालिक : पारस लुनिया
मार्की खेलाडी :सन्दीप लामिछाने
चितवन राईनाेज :
टिम मालिक : राहुल महरा
मार्की खेलाडी : पारस खड्का
पाेखरा पल्टन :
टिम मालिक : बिनायक पाेखरेल
मार्की खेलाडी : शरद भेषवाकर
बुटवल ब्लास्टर :
टिम मालिक : नरेश गाैतम
मार्की खेलाडी :साेमपाल कामी
हुलास काठमाडौं रोयल्स :
टिम मालिक :राज्य लक्ष्मी गोल्छा
मार्की खेलाडी : ज्ञानेन्द्र मल्ल
एक्स्पर्ट धनगढी ब्लुज :
टिम मालिक : तोया नाथ अर्याल
मार्की खेलाडी : दिपेन्द्र सिह एेरी