एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिखले पहिलो हार बेहोरेको छ ।
शुक्रबार राति भएको खेलमा वायर्न हेर्था बर्लीनसंग २ - ० ले पराजित भएको हो ।
वायर्नलाई पहिलो हार चखाउन बर्लीनका भिडाद इविसेभिच र ओन्द्रेज डुदाले समान एक एक गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा बर्लीनले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २३ औं मिनेटमा इविसेभिचले गोल गर्दै बर्लीनलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा डुदाले गोल गर्दै बर्लीनलाई २ - ० को जित दिलाए ।
जितसंगै बर्लीन ६ खेलबाट १३ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित वायर्न ६ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेका छन् ।
वायर्न गोल अन्तरमा बर्लीनभन्दा अघि छ ।