काठमाडौं । बंगलादेशमा आजबाट सुरु हुने एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) टेष्ट राष्ट्र भारतसंग खेल्दैछ ।
यू-१९ एसिया कपको दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाल लेविश्व विजेता भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।
समूह 'ए' मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार बिहान ८:४५ मा सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।
बंगलादेश जानु अघि नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले कठिन समूहमा रहेको भएपनि राम्रो तयारी गरेकाले दोस्रो चरण पुग्ने बताएका थिए ।
पछिल्लो पाँच खेलमा नेपालले भारतविरुद्ध एक खेल मात्र जितेको छ । नेपालले गत बर्ष मलेसियामा भएको एसिया कपमा भारतलाई १९ रनले हराएको थियो । त्यसअघिका ४ भेटमा नेपालले पराजय बेहोरेको थियो ।
भारतपछि नेपालले अक्टोबर १ मा अफगानिस्तानसंग र अक्टोबर २ मा युएईसंग खेल्ने छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।