काठमाडौं । भारतमा जारी ४६ औ संस्करणको एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले छैटौं स्थान हासिल गरेको छ ।
भारतको आग्रामा शुक्रबार भएको खेलमा भारतसंग ४ - ३ ले पराजित भएपछि नेपालले छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको हो ।
प्रतियोगितामा नेपालले ३ खेलमा जित निकाल्दा ३ खेलमा पराजय बेहोर्यो ।
बिहिबार भएको खेलमा नेपालले श्रीलंकालाई हराएको थियो ।
त्यसअघि नेपालले अफगानिस्तान र चीनलाई पराजित गरेको थियो भने थाईल्याण्ड र इन्डोनेसियासंग पराजित भएको थियो ।