काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली यू-१८ महिला टोलीले अहिले पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको हो । समूह 'बि' मा रहेको नेपाल पाकिस्तानलाई हराएर सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको छ ।
यस्तै नेपालले आगामी मंगलबार बङ्गलादेशको सामना गर्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।