काठमाडौं । लिग फुटबलको पुर्वसन्ध्यामा मनाङ मस्र्याङ्दीका महासचिव मुखिया लामालाई मैले सोधे, क्लबको लक्ष्य के हो ?
‘उपाधि’, उनले एक शब्दमा उत्तर दिए ।
अर्थात मनाङ जित्नकालागि मात्र खेल्छ ।
यसपटक समेत मनाङको लक्ष्य प्रष्ट छ, लिग उपाधि जित्ने ।
मनाङ जत्तिको उपाधिको भोको सायद नेपालको घरेलु फुटबलमा अरु को होला र ?
नेपाली लिग ईतिहासमा सर्वाधिक लिग जितेको रेकर्ड आखिर उसैको नाममा त छ । मनाङले सात पटक लिग जितेको छ ।
बंगबन्धुले घरेलु लिगको खेल तालिक प्रभावित छ । यस हिसावमा मनाङले टिम सेट तयार गरिसकेको छैन । तर जे जति छन्, घरेलु फुटबलका स्टार छन् । बाँकी खेलाडी लिगका ‘एक्स फ्याक्टर’ बन्न सक्छन् । तीनै मध्यका एक ओलावले अफिज हुन् ।
मनाङको कथा सायद अफिजको थोरै चर्चा बिना पुरा नहुन सक्छ । घरेलु फुटबलकालागि अफिज कुनै नयाँ नाम होईनन् । नाईजेरियन खेलाडी भएपनि उनले नेपाली फुटबलका विभिन्न क्लबबाट आफुलाई प्रमाणित गरिसकेका छन् ।
उनी कति समय मनाङ बस्छन, त्यसको टुङ्गो छैन तर जति समय बस्छन त्यसले धेरै क्लबको डिफेन्स लाईनलाई धरासायी बनाउने निश्चित छ ।
अन्य खेलाडीमा राष्ट्रिय टिमका कप्तान विराज महर्जन सहित एक से एक स्टार खेलाडी मनाङको जर्सीमा उत्रनेछन् ।
दक्षिण एसियाली कोटा अन्तर्गत एक भारतीय मुलका खेलाडी भर्खरै क्लबले भित्राएको छ । कमजोर डिफेन्सलाई सुधार गर्न थप एक विदेशी खेलाडी ल्याउने मनाङको तयारी छ ।
नेपाली फुटबलको सर्वाधिक सफल र लोकप्रिय क्लब हो, मनाङ । यसको ईतिहास जति रोमाञ्चक छ, हासिल गरेका उपलब्धी उत्तिकै गर्व गर्न लायक ।
मनाङको खेलाडी सुचि निम्न प्रकारको रहेको छ ।
गोलकिपर : बिशाल श्रेष्ठ र अशोक बराल ।
डिफेन्स : विराज महर्जन, कमल श्रेष्ठ, विमल बस्नेत, सुरज विश्वकर्मा, प्रवेश दनुवार, कर्मा गुरुङ र मिलन गुरुङ ।
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, दोर्ण थापा, पुजन उपरकोटी र रामकृण्ण ।
फरवार्ड : विमल राना, दिपक राई, ओलावले अफिज र एडिलाजा ।