काठमाडौंं । पोखरा प्रिमियर लिग पीपीएलमा १ सय ७९ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् । करिब एक हप्ता अक्सनका लागि खुलेको समयभित्र १ सय ७९ खेलाडीले नाम दर्ता गराएका हुन् ।
अक्सनका लागि नाम दर्ता गरेका खेलाडीमा ३० क्याप्ड सिनियर खेलाडी छन् । त्यस्तै एज क्याप्ड खेलाडी ५७ जना र अनक्याप्ड खेलाडी ९२ जना रहेका छन् ।
६ टोली सहभागि प्रतियोगितामा प्रत्येक टोलीमा १५ देखि १८ खेलाडी रहनेछन् । प्रत्येक टिममा अक्सनमा १० खेलाडी अनिवार्य रुपमा किन्न पर्नेछ ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।
यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
सहभागी टिम र मार्की खेलाडी :
विराटनगर टाईटन्स :
टिम मालिक : पारस लुनिया
मार्की खेलाडी :सन्दीप लामिछाने
चितवन राईनाेज :
टिम मालिक : राहुल महरा
मार्की खेलाडी : पारस खड्का
पाेखरा पल्टन :
टिम मालिक : बिनायक पाेखरेल
मार्की खेलाडी : शरद भेषवाकर
बुटवल ब्लास्टर :
टिम मालिक : नरेश गाैतम
मार्की खेलाडी :साेमपाल कामी
हुलास काठमाडौं रोयल्स :
टिम मालिक :राज्य लक्ष्मी गोल्छा
मार्की खेलाडी : ज्ञानेन्द्र मल्ल
एक्स्पर्ट धनगढी ब्लुज :
टिम मालिक : तोया नाथ अर्याल
मार्की खेलाडी : दिपेन्द्र सिह एेरी