एजेन्सी । विश्व फुटबल रोनाल्डो र मेस्सीको पछाडी छ । यसबीचमा जति राम्रा फुटबलर आए, सबै उनीहरुका छायाँ बनेर बसे ।
त्यसमा केही राम्रा खेलाडी थिए, जसले उत्तिकै राम्रो खेल्थे । संयोग तिनीहरुले रोनाल्डो र मेस्सी जत्तिको नाम पाएनन ।
के त्यसमा बेल्जियमका स्टार इडेन हजार्ड पर्छन् ?
हजार्ड आफैपनि रोनाल्डो र मेस्सीसंग आफ्नो तुलना हुदाँ छक्क पर्छन । दुई खेलाडीसंग गरिने तुलनाले आफुलाई गर्व महशुश हुने उनको भनाई छ ।
तर सिजनको उत्कृष्ट सुरुवात गरेका हजार्ड आफ्नो कुनै विशिष्ट लक्ष्य नभएको बताउछन् । विश्वकपमा बेल्जियमलाई सेमिफाईनल सम्म पुराएका हजार्डले प्रिमियर लिगका पछिल्ला ६ खेलमा पाँच गोल गरेका छन् ।
गत बुधबारमात्र उनले काराबाओ कपमा लिभरपुलविरुद्ध विजयी गोल गरे ।
प्रशिक्षक माउरिजियो सर्री समेत हजार्डले यस सिजन ४० गोल गर्न सक्ने बताएका छन् । सहकर्मी रोसी बार्कलीले समेत हजार्ड मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट रहेको बताएका छन् ।
तर हजार्डलाई विश्वफुटबलका दुई ठुला स्टारसंग गरिएको तुलनामा कुनै रुची छैन् ।
'मेरो कुनै निश्चित लक्ष्य छैन । तर मेरो लक्ष्य प्रत्येक बर्ष केही न केही जित्न चाहन्छु । म उपाधि जित्न चाहन्छु ।' उनी भन्छन् ।
'मैले कति गोल गरे, त्यो महत्वपुर्ण कुरा होईन । मलाई यसको मतलब समेत छैन । म मात्र फुटबलसंग रमाउन चाहन्छु र खेल जित्न चाहन्छु ।'
उनले थपे, 'यति बेला मैले गोल गरिरहेको छु । त्यसकारण सबै मेरो बिषयमा कुरा गरिरहेका छन् र तीन शीर्ष खेलाडीमा मलाई राखेका छन् । यो मेरोलागि सम्मानको कुरा हो । म मात्र अघि बढ्न चाहन्छु । म धेरै गोल गर्न चाहन्छु ।'