काठमाडौं । सन् २०२४ को युरोकप फुटबल जर्मनीमा हुने भएको छ । युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले बिहिबार जर्मनीलाई युरोकप आयोजनाको जिम्मेवारी दिएको हो ।
जर्मनीले भोटिङमा टर्कीलाई पन्छाएर युरोकप आयोजना गर्ने मौका पाएको हो । सन् २०२४ को युरोकपका लागी जर्मनी र टर्कीले बिट लगाएको थियो । तर, स्विजरल्याण्डको नियोनमा भएको युईएफएको मतदानमा जर्मनीले १२ मत पाएको थियो । टर्कीले जम्मा ४ भोट पाएको थियो ।
सन् २०१४ को युरोकप २४ टिमको सहभागिता रहनेछ । जुन र जुलाईमा ३२ दिन चल्ने युरोकपमा ५१ खेल हुनेछ । युरोकप जर्मनीको विभिन्न ९ सहरमा हुनेछ ।
त्यसअघि सन् २०२० को युरोकप युरोपका १२ राष्ट्रको १२ सहरमा हुनेछ ।