एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा रातो कार्ड खाएका युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोलाई एक खेलको मात्र कारबाही गरिएको छ । च्याम्पियन्स लिगमा युभेन्ट्सबाट डेब्यु गर्ने क्रममा रोनाल्डोले भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए ।
पछिल्लो निर्णयसंगै रोनाल्डोले च्याम्पियन्स लिगमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडविरुद्धको खेलमा उपलब्ध हुने भएका छन् । म्यान्चेष्टर युनाईटेड रोनाल्डोको पुर्व क्लब हो । सोही क्लबबाट उनले वालोन डि ओर अवार्ड जितेका थिए ।
च्याम्पियन्स लिगमा युभेन्ट्सबाट डेब्यु गरेको खेलमा उनले २९ औ मिनेटमा रातो कार्ड खाएका थिए । उनले भ्यालेन्सिका खेलाडी जिसन मुरिलोको टाउकोमा हिर्काएका थिए ।