काठमाडौं । भारतमा जारी ४६ औ संस्करणको एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
भारतको आग्रामा पाँचौ स्थानकालागि भएको खेलमा नेपालले श्रीलंकालाई हराएको हो ।
खेलको ३५ औ मिनेटमा नेपालका जय गुरुङले विजयी गोल गरेका थिए । उनले दिनेश हेन्जनको पासलाई सुदुपयोग गर्दै गोल गरेका थिए ।
नेपालले अब पाँचौ स्थानकालागि चीन र भारतबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने नेपाली टिमका म्यानेजर रुपेश अधिकारीले खेलपाटीलाई बताए ।
पाँचौ स्थानकालागि हुने खेल भोली हुनेछ ।
प्रतियोगिताको समुह चरणबाट नेपाल बाहिरिसकेको छ । समुह चरणमा नेपालले अफगानिस्तान र चीनलाई पराजित गरेको थियो भने थाईल्याण्ड र इन्डोनेसियासंग पराजित भएको थियो ।