काठमाडौंमा । भारतमा जारी ४६ औ संस्करणको एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । भारतको आग्रामा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा दिनेश हेन्जनले एक्लै चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे ।
अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए ।
समुह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेपनि नेपाल सेमिफाईनल पुग्न सकेन । समुह चरणको अर्को खेलमा इन्डोनेशियाले चीनलाई २–० ले हराएको थियो । चीनले इन्डोनेशियालाई हराएको समिकरणमा नेपाल सेमिफाईनल पुग्ने थियो ।
नेपालले अब पाँचौ स्थानकालागि भोली श्रीलंकासंग प्रतिस्पर्धा गर्ने नेपाली टिमका म्यानेजर रुपेश अधिकारीले जानकारी दिए । कठिन मानिएको समुह ए मा रहेको नेपालले हिजो चीनलार्इ ३–१ ले हराएको थियो ।
यसअघि नेपाल थाइल्याण्डसंग २-० र इन्डोनेसियासंग २-१ ले पराजित भएको थियो ।