एजेन्सी । इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले राष्ट्रिय रंगशाला वेम्बली स्टेडियम बेच्न भएको छ । वेम्बली स्टेडियम पाकिस्तानी मुलका अमेरिकी धनाड्य साहिद खानलाई बेच्न एफए सहमत भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
एफएले वेम्बली स्टेडियम ६०० मिलियन पाउण्डमा बिक्रि गर्न सहमत भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । तर, वेम्बली बेच्नको लागि एफएको बोर्ड बैठकले पारित गर्नुपर्ने हुन्छ । एफएले बोर्ड बैठकमा मतदानको पठाउने तयारी गरिरहेको स्काई स्पोर्ट्सले जनाएको छ ।
अमेरिकी धनाड्य साहिद इन्ग्लिश प्रिमियर लिग फुलहमका मालिक समेत हुन् । फुलहम यसै सिजन शीर्ष डिभिजनको लिगमा उक्लिएको क्लब हो ।
सन् २००७ मा खुल्ला गरिएको वेम्बली स्टेडियम ९० हजार दर्शक क्षमताको छ । यस रंगशालामा इंग्ल्यान्डले ठुला खेल र राष्ट्रिय टोलीका मैत्रीपूर्ण खेलहरु गर्दै आएको थियो ।