काठमाडौं । भुटानमा आयोजना हुने यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाली टोलीको विदाई गरेको हो ।
२३ खेलाडीसहितको नेपाली टोली आज अपरान्ह ३ बजे भुटान प्रस्थान गर्नेछन् । नेपाली टोलीलाई एन्फाको कार्यबाहक अध्यक्ष बीरबहादुर खड्का, उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, महिला कमिटिका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन संगीना बैद्य लगायतले विदाई गरे ।
आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
च्याम्पियनसिपमा नेपाल समूह 'बि' मा रहेको छ । नेपालले समूह चरणमा पाकिस्तान र बङ्गलादेशसंग खेल्नेछन् । त्यस्तै समूह 'ए' मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
नेपालले पहिलो खेल सेप्टम्बर २८ मा पाकिस्तानसंग खेल्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बङ्गलादेशको सामना गर्नेछ ।
नेपाली टोलि :
गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई
डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर
मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा
प्रशिक्षक : हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक : प्रकास बैद्य
गोलकिपर प्रशिक्षक : अस्मिता खवास