एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २ - १ ले हराएको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मौरो इकार्डी र डानिलोले एक एक गोल गरे । फियोरेन्टिनाका फेड्रिको चिसाले एक गोल फर्काए ।
लिगमा इन्टरको यो तेस्रो जित हो । जितसंगै इन्टर ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । तेस्रो स्थानको फियोरेन्टिनाको पनि १० अंक छ ।
लिगको शीर्ष स्थानमा १५ अंक जोडेको युभेन्ट्स रहेको छ ।