काठमाडौं । भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता गरेको छ ।
भारतको आग्रामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३ - १ ले हराएको हो । नेपालको जितमा टिका गुरुङले २ तथा दिनेश हेन्जनले एक गोल गरे ।
खेलकाे ७ अाै मिनेटमा दिनेश हेन्जनकाे क्रसलार्इ सदुपयाेग गर्दै टिक गुरुङले नेपाललार्इ सुरुवाती अग्रता दिलाए ।
३२ अाै मिनेटमा चीनियाँ टाेलीले गाेल गर्दै खेल बराबरीमा ल्याए ।
७० अाै मिनेटमा पुन नेपालले अग्रता लियाे । डिबक्स बाहिर प्राप्त फिक्रिकलार्इ हेन्जनले गाेलमा परिणत गरे ।
त्यसकाे चार मिनेटपछि जय गुरुङकाे पासलार्इ सदुपयाेग गर्दै टिकाले व्यत्तिगत दाेस्राे गाेल गरे ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसंग खेल्ने छ ।
अर्काे खेलमा चार्इनाले र्इन्डाेनेशियालार्इ पराजित गरे नेपालकाे अघिल्लाे चरण प्रवेशकाे सम्भावना बलियाे बन्ने नेपाली टिमका म्यानेजर रुपेश अधिकारीले खेलपाटीलार्इ जानकारी दिए ।
कठिन मानिएको समुह 'ए' मा रहेको नेपालले अघिल्ला दुई खेलमा पराजय बेहोरेको थियो ।
यसअघि नेपाल थाइल्याण्डसंग २ - ० र इन्डोनेसियासंग २ - १ ले पराजित भएको थियो ।