मानेभञ्ज्याङ । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकप फुटबलमा आज झापा ११ र कालेम्पोङबीच प्रतिस्पर्धा हुने भएको छ । क्वार्टरफाईनल अन्तर्गतको पहिलो खेलमा दुवै टोली भिड्न लागेका हुन् ।
झापा प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
झापाले प्रि–क्वाटरफाइनलमा प्लेइङ सेभेन फाटकलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको थियो । कालेम्पोङले सिक्किम आक्रमन एफसी गान्तोकलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
सोमबार भएको खेलमा विराटनगर एघार र फिक्कल बिजयी भए । विराटगरले आयोजक मानेभञ्ज्याङ फुटबल क्लब र फिक्कल एफसीले गोर्खा रेजिमेन्टलाई हराउदै अन्तिम ८ मा प्रवेश गरेका थिए ।