काठमाडौं । भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
भारतको आग्रामा सोमबार भएको खेलमा नेपाल इन्डोनेसियासंग २ - १ ले पराजित भयो । नेपालका राजन गुरुङले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
यसअघि पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २–० ले पराजित भएको थियो ।
कठिन मानिएको समुह 'ए' मा रहेको नेपालले अब मंगलबार चीनसंग खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।