काठमाडौं । गोल मसिनका रुपमा चिनिने झापाली स्ट्राईकर कर्ण लिम्बुलाई हिमालयन शेर्पा क्लबले भित्राएको छ ।
असोज १३ बाट सुरु हुने ए डिभिजन लिगकालागि हिमालयन शेर्पाले स्टार स्ट्राईकर कर्णलाई क्लबमा ल्याएको हो ।
हिमालय शेर्पा र स्टार खेलाडी कर्ण लिम्बुबीच औपचारिक सम्झौतामा मंगलबार हस्ताक्षर हुने बताईएको छ ।
'दुबै तर्फबाट सहमती भयो, कुरा मिलेर सम्झौता भएको हो ।' कर्णले खेलापाटीलाई भने, 'अबको सिजन हिमालय शेर्पाबाट खेल्छु ।'
कर्ण लिम्बुले पहिलो पटक हिमालयन शेर्पाबाट खेल्न लागेका हुन् ।
यसअघि उनी झापा ११ बाट खेल्दै आएका थिए ।
२०७० सालमा कर्णले मछिन्द्र क्लबबाट खेलेका थिए । सोहि लिगमा उनले ११ गोल गर्दै सर्बाधिक गोलकर्ताको अवार्ड हात पारेका थिए ।
१४ क्लब सम्मिलित पल्सर सहिद स्मारक ए डिभिजन लिग असोज १३ मा सुरु हुदैछ । विजेता टोलीले ५० लाख रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्नेछ ।