काठमाडौं । नेपाल फुटबल संघ एन्फाको निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शर्माले व्यापक अनियमितता भएको आरोप नेतृत्वका अर्का प्रत्यासी मणि कुँवरले लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कुँवरले गत बैशाख २२ गते भएको चुनावको दौरान अध्यक्षका प्रत्यासी शेर्पाले व्यापक अनियमितता र गैह्रकानुनी काम गरेको आरोप लगाएका छन् ।
दक्षिण एसियाली फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष समेत कुँवरले एन्फा अध्यक्ष शेर्पामाथि लगाएका विभिन्न ६ आरोप यस्ता छन् ।
१ निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको ।
२ मतदाताहरुलाई प्रत्यक्ष रुपमा पैसा बाढ्ने काम गरेको ।
३ मतदातालाई प्रत्यक्ष प्रभावित गर्ने उद्धेश्यमा देशका विभिन्न स्थन तथा भारतमा समेत लगेर ठुलो धनराशी खर्च गरेको ।
४ मतदातालाई चुनावलगत्तै युरोप भ्रमण गराएको ।
६ न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने काम गरेको ।
६ निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीहरुलाई सयौको संख्यामा हवाई टिकट उपलब्ध गराएको ।
कुँवरले एन्फा निर्वाचनमा भएको अनियमिततामा अध्यक्ष शेर्पा सहित उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र नविन पाण्डेको संलग्न रहेको बताए । एन्फाका भुतपुर्ण वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले शेर्पामाथि लगाएका आरोपका सम्पुर्ण प्रमाण आफुसंग रहेको बताउदै आवश्यक परे सार्वजनीक गर्न तयार रहेको उल्लेख गरे ।
उनले निर्वाचनमा भएको अनियमितताको आवश्यक अनुसन्धानकालागि सबै प्रमाण फिफा र एएफसीमा पठाएको बताएका छन् । एन्फा निर्वाचनमा शेर्पा समुहले फिफा र एएफसीका विभिन्न कोड अफ थथिक्सलाई उल्लंघन गरेको कुँवरको आरोप छ ।
उनले एन्फा निर्वाचनमा भएको भ्रष्टचार र अनियमितताको अनुसन्धान गर्न राष्ट्रिय खेलकुद परिषद राखेर र खेलकुद मन्त्रालयको ध्यानकर्षण समेत गराएका छन् ।
‘निर्वाचनमा भएका सबै अनियमितता आफैले देखेको थिए । तर मसंग प्रमाण थिएन । अब मसंग प्रमाण छ, यस्तो अनियमितता बाहिर ल्याउन पर्छ भनेर आएको छु ।’ पत्रकार सम्मेलनमा कुँवरले भने ।