एजेन्सी । इटालियन सिरी-ए फुटबलमा युभेन्ट्सले लगातार पाँचौ जित आत्मसात गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले फ्रोजिनोनलाई २ - ० ले हराएको हो ।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नानडेचीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै युभेन्ट्सले जित निकालेको हो ।
युभेन्ट्सको जितमा रोनाल्डोले खेलको ८१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि खेलको ९० औं मिनेटमा बर्नानडेचीले गोल गर्दै युभेन्ट्सलाई २ - ० को सहज जित दिलाए ।
जितसंगै शीर्ष स्थानको युभेन्ट्सले ५ खेलबाट १५ अंक जोडेको छ । फ्रोजिनोनको एक अंक छ ।
सिरी-ए अन्तर्गत नै दोस्रो स्थानको नेपोलीले टोरीनोलाई ३ - १ ले हराएको छ । एसी मिलान एटलान्टासंग २ - २ गोलको बराबरीमा रोकिदा रोमाले बोलोग्नासंग २ - ० को हार बेहोरेको छ ।