एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार छैटौं जित निकालेको छ ।
लिगमा अपराजित यात्रा कायम राख्ने क्रममा पिएसजीले आइतबार रेन्नेसलाई ३ - १ ले हरायो ।
पिएसजीले रेन्नेसलाई एक गोलको अग्रता उल्टाएर उसैको मैदानमा हराएको हो ।
पिएसजीको जितमा एन्जल डी मारिया, थोमस म्युनिर र एरिक म्याक्सिमले एक एक गोल गरे ।
रेन्नेसले एक गोल आत्मघाती उपहार पाएको थियो । पिएसजीका एड्रिन राबिओटले आत्मघाती गोल गरेका थिए ।
जितसंगै शीर्ष स्थानको पिएसजीले ६ खेलबाट १८ अंक जोडेको छ । ७ अंक जोडेको रेन्नेस १४ औं स्थानमा छ ।