एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले एभर्टनलाई २ - ० ले हरायो ।
आर्सनलले घरेलु मैदानमा एभर्टनलाई हराएको हो । आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट्स र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ मिनेट भित्र २ गोल गर्दै आर्सनलले जित निकालेको हो ।
खेलको ५६ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । त्यसको तीन मिनेट नबित्दै ५९ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई २ - ० को जित दिलाए ।
जितसंगै आर्सनलले ६ खेलमा चौथो जित निकालेको छ । लिगको छैटौं स्थानमा रहेको आर्सनलले १२ अंक जोडेको छ । पराजित एभर्टनको ६ अंक छ ।