आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

वर्ष समिक्षा – खेलकुदको चिरहरण

मंगलबार, ३१ चैत्र २०७७खेलपाटी संवाददाता
वर्ष समिक्षा – खेलकुदको चिरहरण
Loading ad...
mustang rice ad

काठमाडौं । कस्तो अप्रिय शब्द । यो शब्द लेख्नै नपरे हुन्थ्यो । सुन्नै नपरे हुन्थ्यो ।

‘चिरहरण’ राम्रो शब्द हैन । गतिलो कर्म पनि हैन । कसैलाई अलि उत्तेजित सुनिएला । कतिले अलि ‘भल्गर’ भन्लान् । कतिलाई अलि बढीनै लेखेको ठहरिएला ।

तर वर्ष २०७७ लाई लिएर नेपाली खेलकुदको समिक्षा गर्न बसियो भने यो शब्दको औचित्य पुष्टि गर्न सकिने प्रसस्त आधार छन् ।

वर्ष २०७७ को खेलकुद दुई कुराले प्रभावित बन्यो ।

पहिलो कोरोना ।

कोरोनाबारे धेरै नलेखौ । सबै जना यसबाट प्रभावित छौं । खेलकुद प्रभावित नहुने कुरै भएन ।

दोस्रो राजनीति ।

यसले वर्ष २०७७ को नेपाली खेलकुदलाई कसरी प्रभावित पार्यो भन्ने उल्लेख गर्न चाहन्छु ।

तत्कालिन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले निकै मेहनतका साथ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा ल्याएका थिए । उनी दाबी गर्थे, नयाँ ऐनले नेपाली खेलकुदका तमाम समस्याको समाधान गर्छ, हल गर्छ ।

दुर्भाग्य, उनी मन्त्रीले आफैले ल्याएको ऐनको कार्यान्वयन गर्न पाएनन् ।

सरकार परिवर्तनमा उनै मन्त्री घानमा परे । विश्वकर्माले त्याग गर्नुपर्ने स्थिती आयो । प्रधानमन्त्रीले बालुवाटार बोलाएर खेलकुद मन्त्रीसँग राजीनामा मागे । संसद विगठन गर्ने निर्णयसंगै राजनीतिक सहजताका लागि प्रधानमन्त्रीले खेलकुद मन्त्रीसँग राजीनामा मागेको चर्चा भयो । तर राखेपका सदस्य सचिवसँग खेलकुद मन्त्रीको चिसिएको सम्बन्धले खेलकुद मन्त्रीले जिम्मेवारीबाट हात धुनु परेको धेरैको बुझाई थियो ।

विश्वकर्मा मन्त्रीबाट मात्र गएनन् । ऐन कार्यान्वयनका धेरै विषय अलपत्र पारेर गए ।

ऐन कार्यान्वयनमा लागि बनाएको कार्यदलले नियमावली बनाउन पाएको थिएन । खेलकुद संघभित्रको विवाद समाधानका लागि राखेप उपाध्यक्ष नेतृत्वको कार्यदलले काम सकेको थिएन । खेलकुदमा शुन्य सहनशिलता अख्तियार गरेका मन्त्रीले भ्रष्टचारको विषयका केही काण्डलाई कार्यान्वयन गर्न सुर कस्दै थिए । त्यही बेला उनले जिम्मेवारीबाट हात धुन पर्यो ।
विश्वकर्मा ‘लो प्रोफाइल’का मन्त्री थिए ।

गण्डकीमा भुगोलको राजनीतिक गरेका उनी केन्द्रिय राजनीतिका लागि नयाँ अनुहार थिए । दलितका नेता थिए, तर उनको ग्राउण्डको राजनीति बलियो थियो । केन्द्रिय मन्त्रीको रुपमा उनी औसत रहे । सदाचार दाबी गरे, आर्थिक विवादमा मुछिएनन् । खेलकुदमा सुशासन कायम गराउन दत्त चित्त देखिन्थे । तर केन्द्रिय सत्तासँग नजिक रहेका राखेपका सदस्य सचिवसँग उनको उति साह्रो मिल्ती देखिएन । दुवैमा व्यक्तित्व टकरावको स्थिती रह्यो । सदस्य सचिवलाई मन्त्री विश्वकर्माले मामुली व्यापारी सम्झिन्थे । सदस्य सचिव भने मन्त्रीलाई ठुटे नेता ।

सदस्य सचिव कस्ता सम्म थिए, मन्त्रीकै फोन उठाउदैन थिए । मन्त्री आफुलाई अपमान गरेको ठान्थे । प्रधानमन्त्रीसँग सिधा पहुँच भएका सदस्य सचिव मन्त्रीलाई खासै भाउ दिदैन थिए ।
यस्तै, नोक–झोकमा सदस्य सचिव सिलवाल र मन्त्री विश्वकर्माले करिब एक वर्ष बिताए । सदस्य सचिवबाट हेपिएका मन्त्री विश्वकर्माले मन्त्रालय शक्तिशाली हुने गरि ऐन बनाए । सदस्य सचिवलाई ऐन बनाउने क्रममा छलफलमै समेत डाँकेनन्, डाँक्न पनि दिएनन् ।

प्रतिशोध यतिसम्म थियो, सम्पुर्ण शक्ति मन्त्रालय खिचेर सदस्य सचिवलाई काबुमा राख्न राखेपमा ७ सदस्यीय कार्यकारी समितिको अर्को व्यवस्था गर्न मन्त्रीले जोडबल गरे ।

सम्बन्ध यतिसम्म बिग्रिएको थियो । दोस्रो पटक सदस्य सचिव बनेका सिलवालसँग छलफल गर्न मन्त्रीले तेस्रो व्यक्तिको साहारा लिनुपरेको थियो । मन्त्री क्वार्टर छोड्ने बेला मन्त्री विश्वकर्माले सो कुरा पङ्तीकारसँग खुलाएका थिए ।

दोस्रो पटक सदस्य सचिव बनेर आएका सिलवालले मन्त्रीसँगको सम्बन्धका कारण खासै परिणाम दिन सकेनन् । बरु राखेप र मन्त्रालयबीच बेला मौकामा टकरावको स्थिती पैदा भयो । सागको सामान खरिदमा ब्याडमिन्टन लगायतका खेलको सामाग्री खरिदमा भ्रष्टचारको छानविन गर्न लगाएर मन्त्रीले प्रतिशोध साँधेको सदस्य सचिवको बुझाई थियो । मन्त्रीले पदबाट हात धोएपछि छानविन प्रतिवेदन कार्यान्वयनमा सदस्य सचिवले खासै चासो देखाएनन् । बरु अख्तियारले फाईल लगेको भन्दै प्रतिवेदन कार्यान्वयनबाट पन्छिए ।

मन्त्री त गए । तर कोरोनाले थलिएको नेपाली खेलकुद असक्षम नेतृत्वको दुश्चक्रमा फस्न पुगेको छ ।

कसरी खेलकुदमाथि यहाँको नेतृत्वले चिरहरण गर्यो । यसमा मुख्य तीन जिम्मेवार निकायलाई यस आलेखमा समावेश गर्न चाहन्छु । उदाहरण सहित केही विषय उल्लेख गर्न चाहन्छु ।

पहिलो,
विश्वकर्मा मन्त्रीबाट गए । दावा लामा नयाँ मन्त्री बनेर आए । सम्बन्धित मन्त्रालयको शुन्य ज्ञान भएका मन्त्री लामाले सदस्य सचिवलाई सबै खेलकुद जिम्मा लगाए ।
नयाँ खेलकुद ऐनको कार्यान्वयनबाट मात्र समग्र खेलकुदले गति लिन सक्छ । तर मन्त्री लामा ऐन कार्यान्वयनको जिम्मेवारीबाट पुरै बिमुख भए । निकै कष्टका साथ राखेपको कार्यकारी समितिमा दुई जना मनोनित गरे, त्यो बाहेक खेलकुदको नीतिगत र व्यवस्थापकीय जिम्मेवारीमा मन्त्री गतिहिन देखिए ।

राखेपको बोर्ड बैठक नबसेको दुई वर्ष भयो ।

आफै सोच्नुस, खेलकुद कसले चलाएको छ ? कुन नीति र योजनामा खेलकुद चलेको छ ?

नयाँ ऐनले खेलकुदको योजना, तालिका र कार्यान्वयनको जिम्मेवारी बोर्डलाई दिएको छ । ऐन कार्यान्वयनमा आएको ९ महिना बितिसक्दा समेत पहिलो बोर्ड बैठक समेत बस्न सकेको छैन । यतिमात्र हैन, ऐन कार्यान्वनको लागि बनेको नियमावलीलाई मन्त्रालयले अन्तिम रुप दिन सकेको छैन । मन्त्रालयले नेपालको सिंगो खेलकुदको अभिभावक संस्था हो । तर खेलकुदलाई गतिहिन, अनुशासनहिन, बेतिथीमा राख्न वर्तमान खेलकुद नेतृत्व जिम्मेवार देखिन्छ । नेपाली खेलकुदमा देखिने संघहरुको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा बनेको समिति म्याद सकिएर अलपत्र छ ।

ऐन कार्यान्वयनका लागि संघ संस्थाको विवाद समाधानका लागि समितिले परिणाम निकाल्न आवश्यक छ । खेलकुदका संघ संस्थालाई व्यवस्थित बनाएर अघि बढाउन जरुरी देखिन्छ । तर उपाध्यक्ष नेतृत्वको समिति म्याद गुज्रिएर निष्कृय बनेर बसेको छ । मन्त्री न त समितिको म्याद थप्छन्, न त भंग गर्छन् । ऐन कार्यान्वयनको तीन महिनाभित्र संघको विवाद समाधान गर्नुपर्ने बाध्यकारी अवस्था रहेपनि खेलकुद नेतृत्व मौन छ । जिम्मेवारीबाट पदच्युत छ । खेलकुद नेतृत्वको यो भन्दा निकम्मापन र गैरजिम्मेवारी के हुन सक्छ ?
खेलकुदलाई गतिहिन बनाएर खेलकुद मन्त्रीले यसको चिरहरण गरिरहेका छन् भनेर भन्न किन नपाउने ?

दोस्रो सदस्य सचिवको भुमिका,

रमेश सिलवालले पहिलो कार्यकालमा राखेप सदस्य सचिवको रुपमा वा–वाही लुटे । छोटो समयमा सागको सफल आयोजना र ऐतिहासिक नतिजाले उनलाई सफल सदस्य सचिवको रुपमा दर्ज गराईदियो । उनी दोस्रो पटक समेत सदस्य सचिवमा आउने भए । धेरैले अनुमान गरे, सिलवालले केही गर्छन् । उनीमा सम्भावना देखे । व्यहोरा जतिनै रुखो किन नहोस, धेरैले खेलकुद बनाउने अर्जुनदृष्टि उनैमा खोजे । तर सोचेझै जिन्दगी रैनछ ।

उनले दोस्रो कार्यकालको अहिलेसम्मको समिक्षा गर्दा सिलवाल खेलकुदमा पुर्णत असफल देखिएका छन् । पछिल्लो समय ‘भाई मन्त्री’ पाउँदा समेत उनले खेलकुदमा खासै नतिजा दिन सकेनन् ।
उनले अनौपचारिक रुपमा खेलकुदको थोरै बजेटलाई दोष दिने गरेका छन् । तर खेलकुदलाई व्यवस्थित, पारदर्शी र योजनाबद्ध अभियानमा सिलवाल पुरै चुकेका छन् । सुरुवातदेखिनै नयाँ ऐनको विरोधमा रहेका सिलवालले यसको कार्यान्वनयमा जाँगर देखाएका छैनन् । त्यसैले घरेलु खेलकुद भद्रगोल देखिएको छ ।

खेलकुद संघलाई चलायमान बनाउने, कोभिडबाट प्रभावित खेलकुदलाई अघि बढाउने, खेलकुदलाई योजनाबद्ध रुपमा विकास गर्ने विषयमा सिलवाल पुरै असफल देखिन्छन् । मन्त्री दावा लामा आफु अनुकुल हुदाँ समेत खेलकुदमा गर्न सकिने न्युनतम काम सिलवालले गरेका छैनन् । आर्चरी, जुडो, भलिबल लगायतका खेल संघ वर्ष दिनबाट निर्वाचन हुन नसकेर अलपत्र परेका छन् । तर राखेपको कार्यकारी जिम्मेवारीमा रहेका उनले पहलकदमी लिएको देखिदैन ।

उपत्यका बाहिरको घुमफिर, उद्घाटन, समापनमा उनको व्यस्तता देखिन्छ । पछिल्लो समय प्राप्त जिम्मेवारीलाई उनले राजनीतिक उद्धेश्य प्राप्तिको साधान बनाउन खोेजेको देखिन्छ । खेलकुदमा सिलवालबाट गफ बाहेक अरु अपेक्षा गर्न नहुने राखेपका एक बोर्ड सदस्य व्यंग्य गर्छन् । राज्यको ढुकुटीमा रजाँई बाहेक राखेप नेतृत्वबाट धेरै अपेक्षा गर्ने ठाउँ देखिदैन । यो चिरहरणबाट घरेलु खेलकुदले तत्काल उन्मुक्ती पाउने संकेत देखिदैन ।

मुखदर्शक सदस्य

राखेपको बोर्ड सदस्यको परिभाषित जिम्मेवारी छैन । बोर्ड बैठकमा उपस्थित हुने र अध्यक्षले भनेको काम गर्नेनै ऐनमा व्यवस्था भएको परिभाषित जिम्मेवारी हो । तर घरेलु खेलकुद गतिहिन बनेको अवस्थामा बोर्ड सदस्य सक्रिय भुमिका निर्वाह गर्न सक्छन्, पहलकदमी लिन सक्छन् । नेतृत्वलाई राम्रो कामका लागि दबाब दिन सक्छन् ।

ऐनले वर्षमा कम्तिमा दुई पटक बोर्ड बैठक बस्नुपर्ने व्यवस्था गरेको छ । तर आफ्नो नियुक्तिको वर्ष दिन बित्न लाग्दा समेत बोर्ड बैठक बसेको छैन । यसमा राखेपको बोर्ड सदस्यको अस्तित्व र हैसियतमाथि बेला बेलामा प्रश्न उठ्ने गरेको छ ।

मन्त्री र सदस्य सचिवसंग कार्यक्रममा ‘जन्ती’ जानु बाहेक खासै उल्लेख्य भुमिका बोर्ड सदस्यले निभाउन सकेका छैनन् । अधिकांश बोर्ड सदस्य भुमिका विहिन भएर चार वर्षको कार्यकालको एक चौथाई समय बिताएका छन् । राज्यले खेलकुदको नीतिगत र व्यवस्थापकीय सुधारको जिम्मेवारी दिएको छ, सदस्यहरु खादा, मालामै रमाईरहेका छन् । राखेपको कार्यकारी समितिमा आउने लोभमा धेरै बोर्ड सदस्यले मौन धारण गरेको राखेपका एक अधिकारी बताउँछन् ।

‘बोर्ड सदस्यको ताल हेर्दा लाग्छ, नेपाल त्यसै दक्षिण एसियाको खुसी राष्ट्र भएको हैन । आखिर खुसी हुन के नै चाहिने रैछ र ।’ खेल संघका एक पदाधिकारी व्यंग्य गर्छन् ।
खेलकुद चलाउने मुख्य तीन पक्षको कमजोरीका कारण वर्ष २०७७ नेपाली खेलकुदका लागि बिर्सनलायक रह्यो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता