कठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बंगबन्धु गोल्डकप फुटबलको बाँकी पैसा पाएको छ । बंगलादेशी फुटबल फेडेरेशनले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने पैसा एन्फाको खातमा हालिदिएको हो ।
अघिल्लो संस्करणको बाँकी पैसा नपाएको भन्दै नेपालले प्रतियोगिता नयाँ संस्करणमा सहभागिता नजनाउने बताउदै आएको थियो । बाँकी पैसा प्राप्त गरेपछि नेपालले अब बंगलादेशमा अर्को महिना सुरु हुने प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो ।
एन्फाले बगबन्धु गाेल्डकपकाे बाँकी रकम करिब २५ लाख रुपैयाँ एन्फाकाे खातामा अाएकाे जनाएकाे छ ।
अघिल्लो बर्ष बंगबन्धु गोल्डकप नेपालले जितेको थियो ।
यस संकरणको प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । र, नेपालले पहिलो खेलमा ताजकिस्तानसंग खेल्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।
६ टोलि रहने प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा नेपाल साबिकको विजेता हो । नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।