एजेन्सी । विसम बेन एडरले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा सेभियाले फराकिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा सेभियाले लेभान्टेलाई ६ - २ गोल अन्तरले हराएको हो ।
सेभियाले लेभान्टेलाई उसैको मैदानमा हराएको हो । सेभियाको जितमा एडरले खेलको ११, ३५ र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
यस्तै सेभियाका लागि थप गोल ड्यानियल क्यारिको, आन्द्रे सिल्भा र पाब्लो सर्बियाले एक एक गोल गरे । लेभान्टेका रोजेर मार्टिले एक गोल फर्काउदा सेभियाका सिमोन केजरले आत्मघाती गोल गरे ।
जितसंगै सेभियाले ५ खेलबाट ७ अंक जोडेको छ । लेभान्टेको ४ अंक छ ।