काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियामा उत्कृष्ट हेड गोल गरेका छन् ।
रोहितले आइतबार इन्डोनेसियन लिग वान अन्तर्गत पेर्सिब क्लबविरुद्ध उत्कृष्ट हेड गोल गरेका हुन् । जुन गोल अहिले निकै चर्चाको बिषय बनेको छ ।
पेरसिजा जाकार्ताबाट खेल्ने रोहितले खेलको ६५ औं मिनेटमा हेड गोल गरेका थिए । तर, खेलमा रोहितको टिम जाकार्ता ३ - २ ले पराजित भएको थियो ।
लिगमा रोहितको टिम जाकार्ता छैटौं स्थानमा छ । पेर्सिब शीर्ष स्थानमा छ ।