काठमाडौं । भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।
भारतको आग्रामा आइतबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २–० ले पराजित भएको हो ।
कठिन मानिएको समुह 'ए' मा रहेको नेपालले सोमबार इन्डोनेसिया र मंगलबार चीनसंग खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टिम :
गोलकिपरः विष्णु कुमार केसी, विशाल सुनार, सूर्य अधिकारी
डिफेन्सः विकास खवास, नविन गुरुङ्ग, राजन गुरुङ्ग, असिम गुरुङ्ग, रन्दिप पौडेल, संजित राई
मिडफिल्डरः नितिन थापा, मनिष थापा ( उपकप्तान ), जय गुरुङ्ग, सेसेहाङ्ग आङदेम्वे, सुरज न्यू ठकुरी, अनिल महर्जन
स्ट्राइकरः दिनेश हेम्जन, बुद्ध बल तामाङ्ग, रितिक खड्का, अनुप गुरुङ्ग, टिका गुरुङ्ग
बैकल्पिक खेलाडीहरुः आकाश रानाभाट ( गोलकिपर ) , पवन शाही (डिफेन्डर ), बिवेक राई (मिडफिल्डर), दर्शन गुरुङ ( स्ट्राइकर )