एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले कार्डिफ सिटीलाई ५ - ० ले हराएको हो ।
सिटीले कार्डिफमाथि उसैको मैदानमा फराकिलो जित निकालेको हो । सिटीको जितमा रियाद महरेजले दुई गोल गरे । यस्तै सर्जियो अग्युरो, बर्नार्डो सिल्भा र गोन्डूगानले एक एक गोल गरे ।
कार्डिफविरुद्ध फराकिलो जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ६ खेलबाट १६ अंक जोडेको छ । पराजित कार्डिफले ६ खेलबाट २ अंक जोडेको छ ।