एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाको भविष्य संकटमा परेको छ ।
स्पेनिस क्लब बार्सिलोनाले विश्वकप विजेता मिडफिल्डर पोग्बालाई भित्र्याउन कसरत जारी राखेपछि युनाइटेडमा उनको भविष्य अन्योलमा परेको हो ।
युनाइटेडमा पोग्बाको भविष्य अन्योलमा रहदा बार्सिलोना भने आफ्ना हरेक खेलमा पोग्बा खेलेको देख्न चाहन्छ । जसका लागि बार्सिलोनाले निकै कसरत गरिरहेको मिरर अनलाइनले जनाएको छ ।
मिररका अनुसार बार्सिलोनाको आगामी समरमा पहिलो लक्ष्य पोग्बा हुनेछ । यसै सिजनको समरमा बार्सिलोना पोग्बा भित्राउन असफल भएको थियो । आउने सिजनको समरमा बार्सिलोनाले पोग्बाको लागि १०० मिलियन पाउण्ड बढी खर्च गर्ने जनाइएको छ ।
यता, पोग्बा पनि बार्सिलोना जान खोजिरहेका छन् । जसले बार्सिलोनालाई केहि सहज बनाएको छ ।
पोग्बा सन् २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए । पोग्बाको लागि युनाइटेडले ८९ मिलियन पाउण्ड खर्चेको थियो ।
पोग्बाले यस सिजन युनाइटेडका लागि उत्कृष्ट खेलिरेहेका छन् । उनले सम्झन लायक गोल समेत गरेका छन् ।
पछिल्ला ६ खेलमा ४ गोल गरिसकेका पोग्बाले क्लबलाई सहयोग गर्न सधै प्रयास गर्ने बताउछन् ।
'म खुसी छु कि मैले गरेका गोलहरू जित्न निर्णायक थिए । मैले आफुले सकेसम्म सकेसम्म टोलीलाई सहयोग गर्न प्रयास गर्नेछु,' पोग्बाले भने, 'यदि म गोल गर्न वा सहयोग गर्न सक्छु, मेरालागि त्यो उत्कृष्ट हुनेछ ।'