एजेन्सी। इग्ल्याण्ड राष्ट्रिय टोलीका डिफेन्डर ग्यारी काहिलले लण्डन क्बल चेल्सी छाड्न सक्ने बताएका छन् ।
अहिलेको अवस्था निकै कठिन रहेको बताउदै उनले यसरी क्लबमा बस्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
'म छाड्न चाहदिन । तर समय जसरी चलिरहेको छ । मैले आगामी जनवरीमा क्लब छाड्न पर्ने हुनसक्छ ।' उनले भने ।
सन् २०१२ मा चेल्सी आएका काहिलले ६ बर्षे यात्रालाई विट मार्दै क्लब छाड्ने मनसायमा पुगेका हुन् । ३० बर्षिय काहिलले यस सिजन चेल्सीबाट एक खेलमात्र खेलेका छन् ।
स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षकको रुपमा माउरिजियो सर्री आएयता उनले नियमति रुपमा क्लबबाट खेल्न पाएका छैनन् ।
“कहिले काही आफ्नो करियरकालािग यस्ता निर्णय गर्नुपर्ने रहेछ । जसले केही राम्रो उपलब्धि गर्न सकिन्छ ।” उनले भनेका छन् ।
सबैभन्दा महत्वपुर्ण क्लब हो तर मैले आफ्नो अवस्था समेत हेर्नपर्छ । त्यसैले क्लव छोड्ने पक्षमा छु । कहिले भनेका छन् ।