काठमाडौं । असोज १३ गतेबाट सुरु हुने पल्सर सहिद स्मारक ए डिभिजन लिगकालागि क्लबहरुले खेलाडी दर्ता गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले तोकेको समयसिमा भित्र सहभागि १४ क्लबले खेलाडीको अन्तिम सुचि दर्ता गरेका छन् ।
एन्फाले सुरुमा भाद्र ३० गतेको समयसिमा राखेर खेलाडी दर्ताकालागि क्लबहरुलाई समयसिमा दिएको थियो । त्यसपछि खेलाडी दर्ताकालागि असोज ५ गतेसम्मको समय थप गरेको थियो ।
शुक्रबारसम्म सहभागि १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाईन र ‘हार्डकपी’ बुझाएका छन् । एन्फा महासचिव ईन्द्रमान तुलाधरले क्लबले दर्ता गरेको खेलाडीलाई सुचिकृत गर्ने काम भईरहेको बताउदै केही दिनमा नाम सार्वजनीक गर्ने बताए ।
सहभागि १४ मध्य १२ क्लबले अनलाईन सहित हार्डकपी समेत एन्फामा बुझाएका छन् । ललितपुरे क्लब फ्रेन्ड्स र मनाङ मस्र्याङ्दीले अनलाईनबाट मात्र दर्ता गरेका छन् ।
एन्फाले असोज ५ भित्र कम्तिमा १८ खेलाडी दर्ता गर्न क्लबलाई आग्रह गरेको थियो । लिग सञ्चालनका समयमा समेत क्लबलहरुले आवश्यक परेको अवस्थामा खेलाडीहरु दर्ता गर्न पाउनेछन् ।
विमलको क्लब टुङ्गो लागेन
क्लबहरुले अधिकांश राष्ट्रिय टिमका खेलाडीलाई समावेश गर्दैे एन्फामा नाम दर्ता गरेपनि स्ट्राईकर विमल घर्तिमगर भने सुचिमा अटाएका छैनन् । साफ फुटबलमा कीर्तिमानी ४ गोल गरेका विमलले लिग फुटबलकालागि अहिलेसम्म क्लब भेटाउन नसकेका हुन् ।
नेपालमा लिग नहुदाँ भारतीय क्लबमा समेत केही दिन खेलेका विमललाई लिन ठुला क्लबहरुले आनाकानी गरिरहेका छन् । खस्कदो फर्मका कारण पछिल्लो समय विमलको प्रर्दशन आलोचित बन्दै आएको छ । विमल केही समय अगाडी रुस्लान थ्रीस्टार क्लबमा आबद्ध भएका थिए । तर थ्रीस्टारले शुक्रबार सार्वजनीक गरेको टोलीमा उनी अटाउन सकेनन् ।
यद्धपी क्लबमा पदाधिकारीसंग भने विमल सम्पर्कमा छन् । निकट स्राेतका अनुसार विमललार्इ अन्तिम समयमा थ्रीस्टार वा च्यासल युथ क्लब मध्य एकले अनुबन्धन गर्न सक्नेछ ।