एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको हो ।
शेख जायद स्टेडियममा अफगानिस्तानले दिएको २५८ रनको लक्ष्य पाकिस्तानले ४९ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा तमिम उल हकले ८० रनको योगदान दिदा बाबर अजमले ६६ रनको योगदान दिए ।
यस्तै सोयब मल्लिकले अविजित ५१ रन जोडे । अफगानिस्तानका राशिद खानले ३ तथा मुजिब उर रहमानले २ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५६ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले अविजित ९७ रन जोडे । त्यस्तै कप्तान अस्घर अफ्गानले ६७ रन जोडे । पाकिस्तानका मोहमद नवाजले ३ विकेट लिए ।
अब पाकिस्तानले दोस्रो खेलमा आइबार भारतसंग खेल्नेछ । यस्तै अफगानिस्तानले बंगलादेशको सामना गर्नेछ ।