एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले स्ट्राईकर मोहमद सालाहबाट गत सिजनको जस्तै धेरै गोलको अपेक्षा नगरेको बताएका छन् । ईजिप्टका अन्तराष्ट्रिय खेलाडीले गत सिजन ४४ गोल गरेका थिए । उनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।
यस सिजन सुरुवाती ६ खेलमा उनले दुई गोलमात्र गरेका छन् ।
'कसैलेपनि कल्पना गर्न सक्दैन । गत सिजन उनले कसरी सिजनको सुरुवात गरेका थिए भनेर ।' क्लोपले भने ।
सालाहले प्रिमियर लिगको पहिलो खेलमा बेष्ट ह्यामरिुद्ध गोल गरेका थिए । चार हप्ता अगाडी ब्रिङटोनविरुद्ध गोल गरेपछि उनी गोलविहिन हुदै आएका छन् ।
'यो पक्कैपनि संकटको अवस्था हो ।' क्लोपले ठट्टा गर्दै भने ।
'यथार्थमा यो कुनै समस्या होईन ।'
'हामीले गत बर्षको जस्तो गोलको अपेक्षा गरेका छैनौ । तर सम्भव भएसम्म गोल होस भन्ने कामना गछौ ।'
लिभरपुलले सुरुवाती ५ खेलमा जित निकालेको छ । र लिग तालिकाको दोस्रो स्थानमा छ ।
'रक्षात्मक रुपमा भन्दा पछिल्ला दुई खेल निकै उत्कृष्ट छ ।' उनले थपे 'सालाहको बारेमा भन्नु पर्दा । उनी टिमकालागि काम गर्न निकै तयार छन् ।'
'फरवार्ड लाईनमा भएका खेलाडीकालागि सामान्य अवस्था हो कि उनीहरु समय हुन्छ तर गोल भएको हुदैन । तर उनी अहिलेपनि एक खतरा हुन । दुवै खेलमा उनी शानदार अवस्था र राम्रो आकारमा छन् ।' क्लोप भन्छन् ।