काठमाडौं । नेपाल एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समुह चरणको दोस्रो खेलमा म्यानमारसंग ११–१ गोल अन्तरले पराजित हुदै नेपाल छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा पहिलो हाफमा १० गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो । सुरुवाती ६ मिनेटमा ३ गोल गर्दै म्यानमारले नेपाललाई खेल अवधिभर दबाबमा राख्यो ।
७४ औ मिनेटमा नेपालकालागि निकिता थाेकरले एक गोल गर्न सफल भएकी थिर्इन् ।
म्यानमारकालागि सुर्इ अाैर माङले एक्लैले ५ गाेल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पुरा गर्न सफल भर्इन् ।
हिन मार ताेर्इ, ह्वार्इ पाे इयान र पाेन्ट पाेन्टले एक-एक गाेल गरे ।
समुह ईबाट फिलिपिन्स र म्यानमारले समान ६ अंक जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आईतबार मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।
समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।
आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।