एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहिबार राति भएको समूह चरणको पहिलो खेलमा आर्सनले युक्रेनको भोर्स्क्ला एफसी लाई ४ - २ ले हरायो ।
३२ औ मिनेटमा आबुमियाङको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ड्यानी वेलबेकले ४८ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर पारे । आबुमियाङले ५६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
७४ औ मिनेटमा मेसुट ओजिलले आर्सनललाई ४–० को स्थितीमा पु¥याएका थिए । ७६ औ मिनेटमा पोल्टाभाका चेस्नाभोले एक गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयमा भिएचास्लाभ सार्परले गोल गर्दै हार अन्तर ४–२ मा झारेका थिए ।
जितसंगै समूह 'ई' को आर्सनलले ३ अंक जोडेको छ ।
यसै समूहमा रहेको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २ - ० ले हराएको छ ।