एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेटमा अफगानिस्तानले बंगलादेशमाथि सानदार जित निकालेको छ । बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हराएको हो ।
आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले दिएको २५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेश ४२ ओभर १ बलमा अलआउट हुँदै ११९ रनमा समेटियो ।
यो जितसंगै अफगानिस्तान समूह 'बि' को विजेता बन्दै सुपर चारमा प्रवेश गरेको छ । अफगानिस्तानले २ खेलबाट ४ अंक जोड्यो । अफगानिस्तानले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो । २ अंक जोडेको बंगलादेश उपविजेता बन्दै सुपर चारमा पुग्यो । यस समूहबाट श्रीलंका दुवै खेल गुमाएर समूह चरणबाट बाहिरियो ।
अफगानी बलर चम्किएपछि बंगलादेशी खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन् । बंगलादेशका शाकिब अल हसनले ३२ रन जोड्दा ममुदउल्लाहले २७ रन जोडे । उसका मोसाडेक हुसेनले अविजित २६ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान,गुलाबदीन नाइब र राशिद खानले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन जोडेको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै वर्थ डे वोई राशिद खानले ५७ रनको योगदान दिए । २० बर्ष पुगेका राशिदले मात्र ३२ बलमा ५७ रन बनाएका हुन् । यस्तै गुलाबदिन नाइबले अविजित ४२ रन जोडे । राशिदले मात्र ३२ बलमा बंगलादेशका शाकिब अल हसनले ४ विकेट लिए ।
अब अफगानिस्तानले सुपर चारको पहिलो खेलमा पाकिस्तानसंग खेल्नेछ । यस्तै बंगलादेशले भारतसंग खेल्नेछ ।