काठमाडौं । नेपालको 'ए' डिभिजन क्लब च्यासल युथ क्लब भारतको आसाममा जारी बोडुसा गोल्डकप फुटबलको सेमिफाइनलमा पराजित भएको छ ।
बिहिबार भएको खेलमा भारतीय सुपर लिग क्लब जेमसेधपुर फुटबल क्लबसंग १ - ० ले पराजित भएको हो । यसअघि च्यासलले आयल इन्डियालाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।
आगामी असोज दोस्रो साताबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तयारीका लागि च्यासल अहिले भारतको गुवाहाटीमा रहेको छ । उक्त तयारी स्वरूप च्यासलले बोडुसा गोल्डकप खेलेको हो ।