काठमाडौं । एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटको समूह 'ई' मा नेपालले खराब सुरुवात गरेको छ ।
बुधबार फिलिपिन्ससंग ४ - ० ले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा फिलिपिन्सलाई जित दिलाउन कप्तान मारिया लाजोले दुई गोल गरिन् । त्यस्तै फिलिपिन्सका लागि मिकाइला भिलासिन र केइनी मियाक एलामोले एक एक गोल गरिन् ।
अब नेपालले दोस्रो खेलमा म्यानमारसंग शुक्रबार खेल्नेछ । बुधबार नै म्यानमारले मलेसियालाई ३ - ० ले हराएको छ । म्यानमारको जितमा म्याट नोई खिनले ह्याट्रिक गरिन् ।
यस्तै छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग आगामी आइतबार खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।
आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।