एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा लिभरपुलले फ्रान्सेली क्लबलाई ३–२ गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले दोस्रो हाफको इन्जुरी समयमा विजयी गोल गरे ।
बराबरी उन्मुख देखिएको खेलको अन्तिम मिनेटमा गोल गर्दै फिर्मिन्होले लिभरपुललाई नाटकिय जित दिलाए ।
खेलमा सुरुवाती अग्रता घरेलु टोली लिभरपुलले ड्यानियल स्टुरिजको गोलबाट लिएको थियो । मिल्नरले ३६ औ मिनेटमा पेनाल्टीमार्फत लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
तर ४० औ मिनेटमा थोमस म्युनिरले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । ८३ औ मिनेटमा केलियन एम्बाप्पेले खेल बराबरीमा समेत ल्याए ।
तर अन्तिम समय समालिन नसक्दा पीएसजीले च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा पराजय भोग्य बाध्य भयो ।
जितपछि समुह सीको खेलमा लिभरपुलले ३ अंक जोडेको छ । सोही समुहको अर्को खेलमा नापोली र रेड स्टारले बराबरी खेल्दै अंक बाँडेका छन् ।