काठमाडौं । आईसिसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गत मलेसियामा हुने एसिया क्षेत्रिय छनोटको पहिलो खेलमा नेपालले म्यानमार प्रतिद्वन्द्वी पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेल म्यानमारसंग खेल्नु परेको हो ।
एसिया छनोटको समूह 'बि' का छनोट खेलहरु आगामी अक्टोबरमा ३ देखि १२ सम्म हुनेछ ।
छनोटको समूह 'बि' मा नेपालसहित आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड रहेका छन् ।
नेपालले पहिलो खेलमा म्यानमारसंग अक्टोबर ३ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ ।
यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ६ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।छनोट समितिका प्रमुख तथा आईसिसीका प्रतिनिधि इम्यानुएल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको समितिले बन्द प्रशिक्षणका लागि १८ खेलाडी डाकेको हो ।
छनोटका लागि नेपालले १८ खेलाडी प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षणपछि १४ सदसीय नेपाली टोलीको घोषणा गरिने छ ।