काठमाडौं । आईसिसी टी-ट्वान्टी विश्वकपको क्षेत्रिय छनोट अन्तर्गत एसिया छनोटका लागि नेपालले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले बन्द प्रशिक्षणका लागि १८ खेलाडी बोलाएको हो । छनोट समितिका प्रमुख तथा आईसिसीका प्रतिनिधि इम्यानुएल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको समितिले बन्द प्रशिक्षणका लागि १८ खेलाडी डाकेको हो ।
नेपाली टोलीको बन्द प्रशिक्षण बिहिबारबाट सुरु हुनेछ । बन्द प्रशिक्षणपछि विश्वकप छनोट खेल्ने १४ सदसीय नेपाली टोलीको घोषणा गरिने छ ।
एसिया छनोटको समूह 'बि' का छनोट खेल आगामी अक्टोबरमा ३ देखि १२ सम्म मलेसिया हुनेछ ।
छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् ।
यो समूहको छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
क्याम्पमा परेका खेलाडी :
पारस खड्का (कप्तान)
अनिल कुमार साह
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
दिपेश श्रेष्ठ
ज्ञानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
प्रदिप ऐरी
सागर पुन
सन्दीप लामिछाने
शाहब आलम
शरद भेषवाकर
सोमपाल कामी
सुनील धमला