एजेन्सी । बार्सिलोनाका स्टार फिलिप काउटिन्होले क्लबका लिजेण्ड आन्द्रेस इनिएष्टासंग आफ्नो तुलना गरेका छन् । च्याम्पियन्स लिगको पुर्व सन्ध्यामा स्पेनिस स्टार इनिएष्टासंग तुलना गर्दै उनले इनिएष्टाको स्तरमा पुग्न आफुले अझ धेरै मेहनत गर्नुपर्ने बताएका हुन् ।
‘यदी म इनिएष्टा जस्तो बन्न चाहन्छु भने मैले धेरै सुधार गर्न आवश्यक छ ।’ उनले भने ।
ब्राजिलियन स्टार काउटिन्होले नाउ क्याम्पबाट च्याम्पियन्स लिगमा डेब्यु गर्दैछन् ।
काउटिन्हो १ सय ४५ मिलियन पाउण्डमा गत जनवरीमा लिभरपुलबाट बार्सा आएका थिए । ईनिष्टाले स्पेनिस बसाई सार्दै नयाँ गन्तव्यको रुपमा जापान रोजेपछि उनको स्थानमा काउटिन्होलाई भित्राईएको हो ।
जापान लाग्नु अघि ईनिष्टाले बार्साबाट नौ ला लिगा उपाधि, चार च्याम्पियन्स लिग उपाधि सहित दुई दशकको यात्रा टुङ्गाएका थिए । ‘इनिएष्टा प्रतिभाले भरिएका खेलाडी हुन् । हामीबीच तुलना हुन निकै कठिन छ ।’ उनले भने, ‘तर म बार्सिलोनामा आफ्नो तरिकाले जति सक्दो धेरै जित्न चाहन्छ ।’
‘म इनिएष्टा जस्तै बन्न चाहन्छु । तर मैले आफुलाई निकै सुधार गर्न आवश्यक छ ।’ उनले भने ।