एजेन्सी । इंग्ल्यान्डविरुद्धको अन्तिम तथा चौंथो टेस्टको दोस्रो दिन भारतले सामान्य अग्रता बनाएको छ ।
अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ ।
दोस्रो दिनको खेल सकिदा भारतले ७ विकेट गुमाएर २ सय ९४ रन बनाएर खेलिरहेको छ ।
भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली सुन्य रनमा आउट भए ।
वासिंगटन सुन्दर ६० रनमा अविजित रहेका छन् ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले ३ विकेट लिए । बेन स्टोक्स र ज्याक लिचले २/२ विकेट लिए ।
यस अघि बिहीबार इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
डान लरेन्सले ४६ रन जोड्दा ओली पोपले २९ रन बनाए । जोनी बेयर्स्टोले २८ रन बनाए ।
भारतका अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको ४ खेलको सिरिजमा भारत २-१ ले अघि रहेको छ ।