एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन र ब्राइटनले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार राति भएको खेलमा साउथह्याम्पटन र ब्राइटनले २ - २ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेलेको थियो । खेलको ३५ औं मिनेटमा पियरे होजबर्जरले गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ६५ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई २ - ० को अग्रता दिलाए । तर, खेलको ६७ औं मिनेटमा ब्राइटनका शेन डफीले गोल गर्दै खेल २ - १ मा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा ग्लेन मुर्रेले पेनाल्टीमा गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याएर ब्राइटनलाई हारबाट जोगाए ।
यो बराबरीसंगै साउथह्याम्पटन र ब्राइटनले पाँच खेलबाट समान ५/५ अंक जोडेको छ । साउथह्याम्पटन १३ औं र ब्राइटन १४ औं स्थानमा रहेका छन् ।