एजेन्सी । न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।
अष्ट्रेलियाका स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहेका छन् ।
यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् ।
इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् ।
नयाँ वरीयता अनुसार पाकिस्तानका बाबर आजम, न्युजिल्याण्डका हेनरी निकोल्स, भारतका रोहित शर्मा, अष्ट्रेलियाका डेभिड वार्नर र भारतका चेतेश्वर पुजारा छैटौंबाट क्रमशः दशौँ स्थानमा रहेका छन् ।
बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।
न्युजिल्यान्डका निल वाग्नेर दोस्रो रहेका छन् । बलिङतर्फ भारतका रविचन्द्र आश्विन तेस्रो स्थानमा उक्लिएका छन् ।
यस्तै अष्ट्रेलियाका जोस हाजलउड चौंथो र न्युजिल्यान्डका टिम साउथी पाँचौं स्थानमा छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् ।
भारतका रबिन्द्र जडेजा दोस्रो र इंग्ल्यान्डका बेन स्टोक्स तेस्रो स्थानमा रहेका छन् ।
बंगलादेशका शाकिब अल हसन चौंथो र भारतका रविचन्द्र आश्विन पाँचौ स्थानमा छन् ।